निजी क्षेत्रको लगानी संकुचित हुनेगरी विद्युत् विधेयक ल्याउन हुँदैन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जलविद्युतमा निजी क्षेत्रलाई संकुचित गर्नेगरी विद्युत् विधेयक ल्याउन नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० माथि संशोधन प्रस्ताव पेस गर्दै महामन्त्री थापाले जलविद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेकोले निजी क्षेत्रको लगानी संकुचित बनाउने दृष्टिकोणले विद्युत् विधेयक ल्याउन नहुने जिकिर गरेका हुन् ।
जलविद्युतको क्षेत्रमा विगत ३० वर्षको अवधिमा धेरै तीतो र सुखद् क्षणहरू देखिएको बताउँदै जलविद्युतमा निजी क्षेत्रको लगानी वृद्धि गर्नको लागि निजी क्षेत्रमैत्री कानुन बन्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया