रवि लामिछाने सँगको बयान आज पनि जारी

काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति एवम् पूर्वगृह मन्त्री रवि लामिछाने सहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान आज (मंगलबार) पनि जारी रहने भएको छ । 

न्यायाधीस नितिज राईको इजलाशमा रवि सहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङको बहस सोमबार बाट शुरु भएको हो । 

पहिलो दिन छविलाल जोशीको मात्रै बयान भएकाले बाँकीको आज बाट बयान हुनेछ । आईतबार उनीहरु विरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । बयान सक्न एक, दुई दिन लाग्ने र त्यसपछि थुनछेकको बहस हुने जिल्ला अदालतले जनाएको छ । 

थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । आइतबार नै जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले रवि सहित ३१ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । 

रवि माथि सहकारी ठगी सँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । रवि सहित १९ जना विरुद्ध सङ्गठित अपराधम समेत मुद्दा चलाइएको छ । 
 

प्रतिक्रिया