रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैङ्क

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले श्रम बैङ्क कार्यान्वयनमा ल्याएको छ ।

श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउदै आन्तरिक रोजगारी प्रवर्द्धनका लागि श्रम बैंक सञ्चालनमा ल्याइएको पालिकाले जनाएको छ । श्रम बैङ्कमार्फत कामको खोजीमा रहेका व्यक्तिलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन गाउँपालिकाले सहजीकरण गर्ने गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

यसैगरी गाउँपालिका भित्र रहेका सबै प्रकारका दक्ष, अर्धदक्ष तथा अदक्ष व्यक्तिहरू र रोजगारदाताको विवरण एकीकृत रूपमा तयार गरी रोजगार विनिमयकार्य गर्ने निर्णय भएको थापाले जानकारी दिए । गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले श्रम बैङ्क सञ्चालनपछि रोजगारी प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको बताए ।
 

प्रतिक्रिया