सवारी चालक अनुमतिपत्रको सबै काम प्रदेशबाटै गर्नुपर्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी चालक अनुमतिपत्र तथा वितरणको काम अब प्रदेशस्तरबाटै गरिनुपर्ने बताएका छन् ।

यातायात व्यवस्था विभागले आज आयोजना गरेको यातायात क्षेत्रमा देखापरेका समस्या समाधान एवम् विगतमा भएका निर्णयको कार्यान्वयन विषयक कार्यक्रममा उनले यस प्रक्रिया सहज र सरल बनाउन यससम्बन्धी कार्य गरिनुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री दाहालले भने, “यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको समेत भएकाले सवारी चालक अनुमतिपत्र छपाइ, नवीकरण एवम् वितरणजस्ता कार्य अब प्रदेशस्तरबाटै हुनुपर्छ । बरु एउटा ‘कटअप डेट’ तोकेर त्यसपछिको काम प्रदेशबाटै हुने गरी सबै प्रदेशले यससम्बन्धी कार्य गर्ने तयारी गर्नुपर्छ ।” 
 

प्रतिक्रिया