डिपी अर्याल बने रा.स्व.पा.को कार्यवाहक सभापति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) अर्याल बनेका छन् ।
उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको छ । रास्वपाका अनुसार सभापति रवि लामिछानेको सिफारिसमा अर्याललाई सचिवालय बैठकले कार्यवाहक सभापति तोकेको हो ।
सभापति लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो । यही अभियोगमा सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।
लामिछाने हिरासतमा रहँदा रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी कसैलाई पनि तोकेको थिएन । तर केन्द्रीय समिति बैठकहरू भने उपसभापति अर्यालकै अध्यक्षतामा बस्ने गरेको थियो ।
प्रतिक्रिया