ऋषिकेश पोखरेल भन्छन्– मेरो विषय कानुनी प्रक्रियामा छ, म कानुनमा विश्वास गर्छु

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफू जुनसुकै परीक्षामा बस्न तयार रहेको बताएका छन् । 

सोमबार बसेको समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफू कानुनमा विश्वास गर्ने बताएका हुन् । 

समितिको बैठकमा नेकपा माओवादीका सांसद अमनलाल मोदीले सभापति पोखरेलकी पत्नी अञ्जला कोइराला उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको भन्दै जवाफ दिनुपर्ने माग गरेका थिए । यस्तै, एमाले सांसद योगेश भट्टराईले सभापतिमाथि विषय उठिसकेपछि त्यसको जवाफ दिनुपर्ने बताएका थिए । 

त्यसको जवाफमा सभापति पोखरेलले भने, ‘मेरो विषयमा कुरा उठ्यो । कानुनी प्रक्रियामा छ । म जुनसुकै परीक्षामा बस्न तयार छु । म कानुनमा विश्वास गर्छु ।’

यस्तै सभापति पोखरेलले बैठक बसेन भनेर बाहिर आएको भन्दै १ सय ४५ बैठक कसरी बस्यो भन्दै प्रश्न गरे ।

प्रतिक्रिया