एमाले–कांग्रेसको सहकार्य अझै ३ वर्ष जान्छ : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सत्ता गठबन्धन २०८४ सालसम्मै जाने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष र समिति सभापति सबैमा राजनीतिक परिस्थिति अनुसार चयन भएको उल्लेख गर्दै उनले अहिलेको परिस्थिति अनुसार सबै बदल्ने हो भने आफूहरू तयार रहेको बताए ।
‘अहिले कांग्रेस र एमालेको गठबन्धन सरकार छ । यो हाम्रो सहकार्य ०८४ सम्मै हुन्छ भनेका छौं । यो सहकार्य अब ३ वर्ष जान्छ,’ भट्टराईले भने ।
प्रतिक्रिया