रवि लामिछानेलाई निलम्बन नगर्न रा.स्व.पा.को ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसदीय दलका नेता रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
सांसद सन्तोष परियार, सोभिता गौतम र गणेश पराजुली लगायतले सभामुखलाई भेटेर पदबाट निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन् । यसअघि रास्वपाका नेताहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानुन विज्ञहरूसँग परामर्श समेत गरेका थिए ।
सहकारी ठगी प्रकरणसहित विभिन्न तीन अभियोग लगाएर आइतबार रविविरुद्ध मुद्दा दायर भएपछि कास्की प्रहरीले यससम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ भने निलम्बनबारे सभामुख पनि परामर्शमा छन् ।
प्रतिक्रिया