लेखा समितिको नेतृत्व माओवादीलाई दिनुपर्ने माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेललाई मार्ग प्रशस्त गर्न माग गरेको छ ।

सोमबार समितिको बैठकमा बोल्दै माओवादी सांसद अमनलाल मोदीले लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउनका लागि समेत सत्ता पक्षको नेतृत्व लेखा समितिमा हुन नहुने बताएका छन् ।

‘चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ,’ सांसद मोदीले भने, ‘तपाईं आफैं सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । सरकारको छायाँ यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ ।’

विगतका कतिपय गलत अभ्यासलाई देखाएर गलत अभ्यासलाई नै निरन्तरता दिन राम्रो नहुने उल्लेख गर्दै उनले लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिँदा राम्रो हुने बताए ।
 

प्रतिक्रिया