रा.स्व.पा.को सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको हो ।
आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुने बताइएको छ ।
बैठक भर्चुअल माध्यमबाट बस्ने र कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिइने रास्वपाको उच्च स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया