भक्तपुरको बालकोटमा बाबुछोरा मृत भेटिए
काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिका-२ बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिएका छन् ।
बालकोटको फिकाधारामा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य सोमबार बिहान मृत भेटिएका हुन् ।
फिकाधारास्थित एक पक्की घरमा २ व्यक्ति बाहिरबाट ताला लगाई भित्र अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुर र प्रहरी वृत ठिमीबाट प्रहरी टोली घटनास्थलामा पुगेको थियो ।
उनीहरु छुट्टाछुटै २ वटा कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया