अध्यक्ष नेम्वाङको पार्थिव शरीर निजी निवासमा लगिँदै, राजकीय सम्मानका साथ भोली अन्त्येष्टि गरिने

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शव आज घर लगिँदै छ । हिजो दिनभर एमाले पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरिरलाई आज घरमा लगिन लागिएको हो । नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिने तयारी छ । घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिएपछि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने कार्यक्रम तय भएको छ । स्वर्गीय नेम्वाङको अन्त्येष्टीमा राजकीय सम्मान दिने घोषणा मन्त्रिपरिषदले गरिसकेको छ । दिवंगत नेम्वाङका कान्छा छोरा सुहाङ अस्ट्रेलियाबाट स्वदेश फर्किएका छन् । अब बेलायतमा रहेका जेठा छोरा मिङ्सो पनि आजै आइपुग्ने बताइएको छ । अन्त्येष्टिका दिन भोली सार्वजनिक विदा समेत दिइएको छ । प्रतिनिधि सभा सदस्य एवम् एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ मंगलबार बिहान आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । उनलाई मंगलबार बिहान एक बजेर पचास मिनेटमा त्रिवि शिक्षण अस्पतालमा पु¥याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया