बाघ मार्ने उद्योग गरेको आरोपमा चितवनबाट एक जनालाई पक्राउ
काठमाडौं । बाघ मार्ने उद्योग गरेको आरोपमा चितवनबाट एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका छन् ।
न्यौपानेलाई चितवन राष्ट्रिय निकुञ्जले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विनय त्रिवेणी गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएका उपकरण सहित उनी पक्राउ परेका हुन । न्यौपानेको मोबाइलबाट कल डिटेल निकाल्ने क्रममा पासोमा परेको बाघको तस्बिरसमेत प्राप्त भएको छ ।
उनलाई बाघ मार्ने उद्योगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको छ । बाघलाई पासो थाप्न जाने क्रममा गत कात्तिक २ मा स्थानीय ६२ वर्षीय जीतबहादुर थिङलाई बाघले आक्रमण गरी मारेको थियो । थिङको मृत्यु पश्चात पासोका लशागि प्रयोग भएका सामान सोही दिन बरामद गरिएको थियो ।
प्रतिक्रिया