पानामा नहरको स्वामित्व फिर्ता लिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर पुनः अमेरिकाले नियन्त्रणमा लिन सक्ने चेतावनी दिएका छन् । एरिजोनामा आफ्ना समर्थकहरूमाझ उनले ट्रम्पले पनामाबाट गुज्रने अमेरिकी जहाजको शुल्क घटाउनुपर्ने अन्यथा यसको नियन्त्रण अमेरिकाले लिने चेतावनी दिएका हुन ।

पानामाले अमेरिकी जहाजबाट चर्को शुल्क लिएको ट्रम्पको आरोप छ । ट्रम्पको बयान पछि पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले नहर वरपरको क्षेत्र र ‘प्रत्येक वर्ग मिटर’ आफूहरूको भएको स्मरण गराउँदै अमेरिकासँग सार्वभौमसत्ता र स्वतन्त्रतामा सम्झौता गर्न नसकिने बताएका छन ।

सन् १९०० को प्रारम्भमा बनाइएको नहर अमेरिकाले सन् १९७७ सम्म अमेरिकाले नियन्त्रणमा राखेको थियो ।  हरेक वर्ष १४ हजार भन्दा बढी कार्गो जहाज यो नहरको प्रयोग गर्छन् । डोनाल्ड ट्रम्पको कार्यकाल अर्को महिनादेखि सुरु हुँदैछ । उनले सो क्रममा क्यानडा र चीनमाथि कर थप्ने चेतावनी दिइसकेका छन ।

प्रतिक्रिया