कोरिया जानका लागि ईपीएस अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा धेरै परीक्षार्थी उत्तीण

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा धेरै परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत् उत्पादन क्षेत्रमा काम गर्न कोरिया जानका लागि सञ्चालित भाषा परीक्षामा २६ हजार सहभागी भएकोमा तीन हजार एकसय २६ जना परीक्षार्थी उत्तीर्ण भएका ईपीएस शाखाले जनाएको छ ।

शाखाका अनुसार यो सङ्ख्या हालसम्म सञ्चालन भएको तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो । यसअघिका दुई चरणको भाषा र सिप परीक्षा सम्पन्न भइसकेको छ । दक्षिण कोरिया जान सम्भावित सूचीमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरिएको हो । तीन चरणमा लिएको भाषा परीक्षामा एक लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन दिएकोमा १६ हजार चार सय युवा छनोट गरेर पठाउने छ ।
 

प्रतिक्रिया