मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । उनी आज बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेकी हुन ।
श्रीमानले बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेपछि नेपाल मेडिकल कलेज जोरपाटी पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन । उनको मृत्युको कारण खुल्न भने बाँकी छ । सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् ।
उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो । उनको जन्म सन् १९७७ मा दैलेखेका भएको थियो ।
प्रतिक्रिया