सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी थालेको छ । पुस अन्तिम सातासम्म अधिवशेन बोलाउने गरी तयारी थालिएको हो । संघीय निजामति, विद्यालय शिक्षाजस्ता विधेयकमा सहमति जुटन बाँकी नै रहेकाले यो अधिवेशनपनि बिजनेश विहीन हुने आशंका गरिएको छ ।

संविधान र कानुनसँग जोडिएका नयाँ विधेयकहरू सरकारका तर्फबाट संदमा ल्याउनुपर्ने र आवश्यक बिजेनस सरकारले दिनुपर्ने विषयलाई अधिवेशन आह्वानमा ढिलाइ हुनुको कारण मानिएको छ । संसदीय समितिमा विधयेकमाथि छलफल हुनुपर्ने समयमा गणपुरक संख्या नै नपुगेर स्थगित हुने अवस्था समेत आएको छ ।

प्रतिपक्ष दलहरुले हिउँदे अधिवेशन बोलाउन ढिला  भएको भन्दै असन्तुष्टि समेत जनाउदै आएका छन । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशनको आह्वान गर्ने प्रचलन छ । दुई संसद् अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । संसद्को अघिल्लो बर्खे गत भदौ ३१ गते राति १२ बजेदेखि अन्त्य भएको थियो । बर्खे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ ।

प्रतिक्रिया