वीरगञ्जको विर्तामा रहेको बाल सुधार गृहमा झडप, बाल कैदीबन्दी तोडफोडमा उत्रिएपछि अवस्था तनावग्रस्त
काठमाडौ । वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह तनावग्रस्त बनेको छ । सुधार गृहमा रहेका बालबन्दीहरूले एक सातादेखि नाइके परिवर्तन गर्नुपर्ने र भक्तपुरबाट ल्याइएका १८ बाल कैदीलाई अन्तै लगिनु पर्ने लगायतका माग राख्दै तोडफोडमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको हो । भक्तपुरमा विवाद गर्ने १८ कैदीबन्दीलाई विरगञ्जमा पठाएकोमा उनीहरुले त्यहाँ पनि उपद्रो मच्याएको बताइएको छ । सुधार गृहभित्रबाट हानेको ढुंगा लागेर गएराति प्रहरीका साथै केही पत्रकारसमेत घाइते भएका छन् । यस क्रममा घाइते भएका ११ जना बाल बन्दीको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले गएराति बाहिरबाट हवाई फायर र अश्रुग्याँस प्रयोग गरेपछि केही सान्त बनेको सुधार गृहमा अहिले पुनः तनाव बढेको छ ।
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने

बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस

प्रतिक्रिया