फ्रान्समा नेवाः गुथी गठन

दिपक चालिसे

फ्रान्स । नेपाल भाषा र नेपाली संस्कृतीलाई बिदेशमा पनि जीवन्त राख्ने उद्येश्यका साथ फ्रान्समा नेवारी समुदायको नेवा  गुथी गठन भएको छ । 
 नेपाली खानालाई विश्वसामु चिनाउने तथा यसलाइ बिदेशमा पनि नेपाल र नेपालीको पहिचान बनाउने गरी नेवाः गुथी फ्रान्स गठन गरिएको हो । यहाँ बिभिन्न पेशा र व्यवसाय अपनाएर बसोेबास गर्दै आएका नेवारी समुदायको पहिलो भेलाले दिपक महर्जनको अध्यक्षतामा ११ सदस्यीय गुठी गठन गरेको हो । 

यसैगरी उपाध्यक्षमा रविराज श्रेष्ठ, महासचिव मीन श्रेष्ठ, कोषाध्यक्षमा कोपिला राय (कायस्था) र सह–कोषाध्यक्षमा राजेन्द्र बाबु श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।त्यसैगरी सदस्यहरूमा रन्जित श्रेष्ठ, कमल श्रेष्ठ, निता डंगोल, सोनिया श्रेष्ठ, श्रीराम श्रेष्ठ र रन्जन खोटेजा रहेका छन् । गुठीको सल्लाहकारहरूको रुपमा मुकुन्द अमात्य, कवीन्द्र कायस्था, अनिता शाक्य, रामेश्वर श्रेष्ठ, सुरज श्रेष्ठ, शालु श्रेष्ठ, मिरा महर्जन, सुमित्रा प्रधान र रिना श्रेष्ठ रहेका छन् ।

नेवाः समुदायको आफ्नो मौलिक भेष–भुषा, पहिचान र संस्कृतिलार्ई बचाइराख्ने र सामाजिक कार्यहरू गर्दै जाने नेवाःगुठीको मुख्य उद्येस्य रहेको छ । नेवारी समुदायको पहिचान र संस्कृतिलाई विदेशीका साथै बिश्वभरमा रहेका आम नेपाली समुदायमा फैलाउने अठोट समेत लिएको गुठीका महासचिव मीन श्रेष्ठले बताए  ।

 
 

प्रतिक्रिया