राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : कांग्रेस नेता कोइराला
कैलाली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन् ।
नेपाल प्रेस युनियन कैलालीले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले संविधान संशोधन, स्थायित्व, आर्थिक अवस्था सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार बनेको बताए ।
नेता डा. कोइरालाले सो लक्ष्यअनुसार सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने सुझाव दिएका छन् । नेता डा. कोइरालाले कांग्रेस र एमाले मिलेर मात्र संविधान संशोधन नहुने भएकाले अन्य सबै राजनीतिक दलबीच बृहत् समझदारी गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । नेता डा. कोइरालाले गेटा मेडिकल कलेजका भौतिक संरचनालाई सदुपयोग गर्दै स्थापनाको लक्ष्यअनुसार तत्काल काम अगाडि बढाउनुपर्ने र त्यसमा आफूहरूले कोसिस गरिरहेका बताए ।
यसैगरी कोइरालाले एक वर्षभित्र पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेकाले सो अनुसार आफ्नो जिम्मेवारीमा जुट्न सबैलाई आह्वान गरेका छन् ।
प्रतिक्रिया