सभापति लामिछाने विरुद्ध अदातलमा अभियोगपत्र पेस
गण्डकी । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा आज (आइतबार) अभियोगपत्र पेस भएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछाने सहित सहकारी ठगीका आरोपित अन्य व्यक्ति विरुद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिए
“अहिले अभियोगपत्र रुजुको काम भइरहेको छ, लामिछाने लगायत विरुद्ध आजै मुद्दा दर्ता हुन्छ, अदालतले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ”, उनले भने ।
पोखराको सूयदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौं बाट पक्राउ परेका थिए ।
उनी माथि कास्की सहित अन्य जिल्ला समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।
रासस
प्रतिक्रिया