फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्री प्रति असन्तुष्ट
एजेन्सी । फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउले क्रिसमस अघि नै आफ्नो सरकारको नाम सार्वजनिक गर्ने तयारी गरिरहेका समय करिब दुई तिहाई जनता उनलाई प्रधानमन्त्री बनाइएको प्रति असन्तुष्ट छन् ।
फ्रान्सेली साप्ताहिक पत्रिका डु डिमान्चेका लागि आइफपले गरेको एक नयाँ सर्वेक्षणमा ६६ प्रतिशत उत्तरदाताले उहाँको कार्यसम्पादनबाट चित्त नबुझेको बताएका छन् ।
आफ्नो नयाँ सरकार प्रमुख प्रति ३४ प्रतिशतले मात्र समर्थन जनाएका वा सन्तुष्ट रहेको बताएका छन् । इफपका अनुसार सन् १९५९ को दशक पछि प्रधानमन्त्रीका लागि यति कम अनुमोदन दर (समर्थन) देखिएको छैन ।
इफपका सर्वेक्षकहरूले डिसेम्बर ११ देखि १८ को बीचमा फ्रान्सेली दुई हजार चार जनप्रतिनिधि सँग सर्वेक्षणका लागि सोधपुछ गरेका थिए । राष्ट्रपति इम्यानुयल म्याक्रोँको कार्यकालको छैठौँ र सन् २०२४ को चौथो प्रधानमन्त्री बेयरोउ छन् । प्रत्येकले अघिल्लो भन्दा छोटो अवधिको लागि सेवा गरेका छन् ।
बेयरूका पूर्ववर्ती मिचेल बार्नियर फ्रान्सका सबै भन्दा पछिल्लो प्रधानमन्त्री थिए । गत डिसेम्बर १३ मा नियुक्त भएका बायरोउले अहिले सम्म म्याक्रोँलाई आफ्नो मन्त्रीमण्डलको निर्णय बुझाएका छैनन् ।
उनले शुक्रबार फ्रान्स २ टेलिभिजन सँग कुरा गर्दै आफ्नो नयाँ टिम सप्ताहन्तमा वा ‘क्रिसमस अघि’ कुनै पनि हालतमा तय हुने बताएका छन् ।
रासस
प्रतिक्रिया