“आफ्नो फोहोर आफै सफा गरौ” भन्दै विदेशी सहित शोभा भगवतीमा सरसफाई

काठमाडौं । स्वीडेनको  प्लोग्गा भन्ने सस्थाले आज बिहान काठमाडौंको शोभा भगवती मन्दिर परिसरको फोहोर सफा गरेको छ । 

 “आफ्नो फोहोर आफै सफा गरौ” भन्ने नारा सहित स्वीडेनबाट प्लोग्गा संस्थाका संस्थापक एरिक अंगस्टोरम नेपाल आएका हुन् । प्लोग्गाले विश्वभर हामी घुमेको  हरेक स्थानको फोहोर आफै संकलन गरेमा शारिरीक तन्दुरुस्ती हुँदै सिंङ्गो पृथ्वीलाई सफा राख्न सकिन्छ भन्ने मान्यता राखेको राख्दै आएको छ ।  

विश्वको वातावरण सफा गरौ भन्ने उद्देस्यले सन् २०१६ मा संस्था शुरु गरेका एरिक हाल दुनियाँभर आफ्नो प्लोग्गा भन्ने संस्था बिस्तार र युवा जनशक्तीलाई वातावरण सफा राख्न प्रोत्साहित गर्ने काममा लागिरहेका छन् । सोही अनुरुप आज शोभा भगवतीमा सरसफाइ गरिएको हो ।  यसमा उनलाई नेपाली युवाहरुका साथै  ओक एण्ड आर्क र हरिन नेपाल नामक संस्थाले साथ दिएका थिए । सो अवसरमा  ओक एण्ड आर्क र हरिन नेपालले  भविष्यमा हाल बिश्वभर भैरहेको प्लोग्गिंग च्याम्पियनसीप  अब नेपालमा पनि गर्न आग्रह गरेका थिए । 
 

प्रतिक्रिया