सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो
काठमाडौं । आज (आइतबार) सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला ११ सयले बढेको छ ।
गत शुक्रबार प्रतितोला १ लाख ४८ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आजका लागि १ लाख ४९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, निर्धारित मूल्य अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १७ सय ९० मा कारोबार भइरहेको छ ।
रासस
प्रतिक्रिया