आज ४ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज (आइतबार) चार वटा संसदीय समितिको बैठक बस्दै छ । 

संघीय संसद सचिवालयका अनुसार बिहान साढे १० बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक माथि दफावार छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक माथि संशोधनकर्ता सँग छलफल र सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक माथि समितिमा दफावार छलफल हुनेछ ।

त्यसैगरी  बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिंगी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ । 

बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधन कर्ता सदस्यहरू सँग छलफल हुनेछ । 

प्रतिक्रिया