चेपाङ समुदाय बाट स्नातकोत्तर गर्ने महिला सम्मानित
चितवन । चेपाङ समुदाय बाट गोरखा जिल्ला बाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन् ।
शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उनी सम्मानित भएकी हुन् ।
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गरेका थिए । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बनेको बताए ।
विसं २०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिएकी रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका–१ मा विवाह गरेर आएकी हुन् । उनी स्नातकोत्तर तह (एम.एड.) उत्र्तीण गर्ने चेपाङ समुदाय बाट जिल्लाकै पहिलो बनेकी छन् ।
रमिला २०७६ साल देखि शिक्षण पेशामा आबद्ध छिन् ।
रासस
प्रतिक्रिया