६१ किलो सुन नेपाल भित्र्याउदा तस्करले बुझाएको ‘एयर वे बिल’ नक्कली

राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब ६१ किलो सुन नेपाल भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको ‘एयर वे बिल’ नक्कली रहेको खुलासा भएको छ । तस्कर समूहले बुझाएको ‘एयर वे बिल’ नक्कली रहेको हङकङ विमानस्थल भन्सारले पुष्टि गरेको हो । भन्सार कार्यालयले हङकङ विमानस्थल भन्सारलाई पत्र लेखी अनुसन्धानमा सघाउन गरेको आग्रहमा हङकङ भन्सारले एअर वे बिल नै नक्कली भएको जनाएको भन्सार विभागले जनाएको छ । सुन नेपाल ल्याउँदा ‘लिड विथआउट ब्याट्री’ लेखिएको र अन्य कागजातमा भने ‘ब्रेक सु’ लेखिएको थियो । यसैविच तस्करी गरेर ल्याइएको ६१ किलो सुन काण्डमा मुछिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीबाट पक्राउ परेका रुपन्देही घर भइ हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई काठमाडौँ ल्याइएको छ । नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुमा पक्राउ परेका उनलाई आज म्याद थप गर्ने तयारी छ । सुन तस्करी प्रकरणको सूचना सङ्कलनका लागि प्रहरीको एउटा टोली भारत गएको छ । प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङकङ गएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरी लैजान लागेको उक्त सुन काठमाडौँको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । ’ब्रेक शु’भित्र लुकाएर ल्याइएको सो सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ ।।
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने

बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस

प्रतिक्रिया