सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा

राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङको निधनप्रति दुस्ख व्यक्त गरेको छ।

नेम्वाङका दुबै छोरा विदेशमा भएकाले उनको अन्तिम संस्कार बुधबार अपराह्नमात्रै गरिने एमालेले जनाएको छ।
नेम्वाङलाइ ‘राजकीय सम्मानका साथ जुन दिन अन्त्येष्टि गर्ने हो त्यो दिन सरकारले बिदा दिने समेत निर्णय गरेको छ ।   
हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।

सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो।

 
 

प्रतिक्रिया