निर्वाचनमा एक दलको बहुमत आउने गरी संविधान सुधार गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानमा सुधार गरेर निर्वाचनमा कुनै एक दलको बहुमत आउने गरी निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको शनिबार धनगढीमा उद्घाटन गर्दै कोइरालाले समावेशितालाई कायम राख्दै निर्वाचन प्रणालीमा सुधार जरुरी भएको बताएका हुन् ।

गठबन्धन हुँदा कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको अक्षरसः पालना गर्नुपर्ने उनी बताउँछन् ।

देशको अर्थ राजनीति, छिमेकी मुलुकहरूसँगको लेनदेनको अर्थ व्यवस्था र दातृनिकायको ऋणलाई समेत केलाउँदै देशको बजेटले देश चल्नै नसक्ने अवस्थामा पुगेको तर्फ सचेत रहन उनले सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया