... अनि यसरी जित्यो जनकपुरले एन.पी.एल.को उपाधि

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले हात पारेको छ । सुदूपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा सुदूपश्चिम रोयल्सले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले ५ विकेट गुमाएर पुरा गर्‍यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूपश्चिमले निर्धारित २० ओभरमा ९ विकेत गुमाएर १ सय ८४ रन बनाएको थियो ।

सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो । योसँगै जनकपुरले एनपीएलकाे ट्रफीसहित १ करोड १० लाख रुपैयाँ हात पारेको छ ।

प्रतिक्रिया