एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातका कारण निधन

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । उनलाई बालुवाटारस्थित घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उनको बाटोमै निधन भएको चिकित्सकले बताएका छन । राती १ बजेर २० बजे अस्पताल पु¥याइएका नेम्बाङको ४ बजेर २० मिनेटमा औपचारिकरुपमा निधन भएको अस्पतालले घोषणा गरेको हो । शौचालयमा बेहोस अवस्थमा भेटिएपछि उनलाई परिवारका सदस्यले अस्पताल पु¥याएका थिए । उनलाई हृदयघात भएको बताइएको छ । नेम्वाङको निधन भएपछि सम्मानका विषयमा निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । उनलाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले परामर्श गरिरहेका छन । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ । राष्ट्रिय सम्मानको निर्णय भएमा नेम्वाङको शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुनेछ । अन्तिम सम्मानसम्बन्धी कार्यविधिमा तोकिएका बाहेक अरुको हकमा राष्ट्रिय सम्मानबारे मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ । त्यस्तै नेकपा एमालेको सचिवालय बैठकपनि बिहान ११ बजेपछि बस्दैछ । बैठकले पार्टीको झण्डा झुकाउने, देशभर श्रद्धाञ्जलीका कार्यक्रमलगायतका कार्यक्रम घोषणा गर्नेछ । नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि च्यासलस्थिल पार्टी कार्यालयमा राखिदै छ । नेम्वाङको अन्तिम संस्कार भोलि गरिने भएको छ । दिवंगत नेम्वाङका जेठो छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ आइपुग्ने बताइएको छ । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर
टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

प्रतिक्रिया