ताली बजाउन नभई काम गरेर परिणाम निकाल्न आएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ताली बजाउन नभई काम गरेर परिणाम निकाल्नका लागि सरकारको नेतृत्व गरेको बताएका छन् । 

विश्व ध्यान दिवसको अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू काममा विश्वास गर्ने व्यक्ति भएको समेत बताएका हुन् ।

उनले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको समेत बताए ।

उनले परस्परमा घृणा नभई विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया