शेयर बजारमा उच्च अंकको बृद्धि

शेयर बजारमा उच्च अंकको बृद्धि देखिएको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ३० अंकले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ विन्दुमा पुगेको हो । आज ४७ लाख ४२ हजार कित्ता शेयर एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको छ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा  एभरेस्ट बैंक, सोल्टी होटल, चिलिमे हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन । आज सबै समूहको शेयर बढेकोमा होटल, जलविद्युत्, लघुवित्त र बीमा समूहको शेयर उच्च अंकले बढेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । बजार हरियाली भएको दिन सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको प्रमोटर शेयर झन्डै आठ प्रतिशतले घटेको छ । आज २ सय १२ कम्पनीको मूल्य बढ्दा ११ को घटेको छ भने भने ५ को स्थिर रहेको छ ।। 

प्रतिक्रिया