बाजुरा केन्द्रबिन्दु भएर पाँच ५.२ रेक्टरको  भूकम्प

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दू बनाएर पाँच ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गए पछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।
 
पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि के कति क्षति भयो, भन्ने बारेमा यकिन हुन सकेको छैन । 
रासस 

प्रतिक्रिया