प्रधानमन्त्री दाहाल र उद्योगी व्यवसायीविच भेटवार्ता

डेडिकेटेड फिडरको समस्या समाधान नभएसम्म विद्युत कटौती नगर्ने प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलका विषयमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको बताएका छन् । यसबारे निक्यौल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न उनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले भेट गरेपछि उनले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरेर सो निर्देशन दिएका हुन् । विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर सो विषयलाई छिटै टुंगोमा पु¥याउन पहल गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको महासंघले जनाएको छ । महासंघले अहिले उद्योग–व्यवसाय ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेकाले यसलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव प्रधानमन्त्री दाहाललाई दिएको छ । कोरोना महामारीपछि उद्योग–व्यवसाय निरन्तर संकटमा रहेको र यस्तो अवस्थामा विद्युत् काट्दा व्यवसायी थप हतोत्साही हुने महासंघको भनाइ छ डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न प्राधिकरणले यही भदौ १७ गते सूचना जारी गरेको थियो । बक्यौता महसुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरिने सूचनामा उल्लेख छ । 
 

प्रतिक्रिया