एमाले महासचिव पोखरेल र चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखविच भेटवार्ता
नेपालको नयाँ नक्सामा साथ दिन आग्रह
चीन भ्रमणमा रहेका एमाले महासचिव शंकर पोखरेलले नेपालले जारी गरेको नयाँ नक्सामा चीनले पनि साथ दिनुपर्ने बताएका छन् । बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओविच आज भएको भेटमा उनले नक्साबारे चिनिया पक्षको ध्यानाकर्षण गराएका हुन । चीनले हालै जारी गरेको नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नदेखाएको विषयमा नेपालमा विरोध हुँदै आएको छ । नेपाल एक चीनको पक्षमा दृढ रहेको र नेपालको भूमिबाट चीन विरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्ने जानकारी पनि भेटमा पोखरेलले गराएका छन । महासचिव पोखरेलले नेकपा एमाले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको पनि उल्लेख गरेका छन् । महासचिव पोखरेलले ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी चिन्फिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा रहेको उल्लेख गरेका छन् । सो क्रममा विदेश विभाग प्रमुख लिउले भने चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरुपनि भएकाले विगतमा सहमति कार्यान्वयन गर्ने पक्षमा आफुहरु रहेको बताएका छन । विगतका सहमति, सम्झौताहरू कार्यान्वयन छिटो गराउने प्रतिबद्धता समेत उनको छ । महासचिव पोखरले नेतृत्वको प्रतिनिधिमण्डल दुई साता लामो चिन भ्रमणमा रहेको छ ।
प्रतिक्रिया