देशद्रोह’ गरेको आरोपमा १६ वर्षको जेल सजाय
एजेन्सी । रूसले पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रका एक बासिन्दालाई ‘देशद्रोह’ को अभियोगमा शुक्रबार १६ वर्षको जेल सजाय सुनाएको मस्कोको सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले जनाएको छ ।
मस्कोले युक्रेनका लागि जासुसी गरेको आरोप लगाउने व्यक्तिहरूलाई नियमित रूपमा भारी सजाय सुनाउँछ र रूस र कब्जा गरिएका क्षेत्रहरूमा युक्रेनीलाई लगातार कैँद पनि गर्दै आएको छ ।
नाम नखुलाइएका ती व्यक्तिलाई रूसको दक्षिणी शहर रोस्तोभ–अन–डोनको एक सैनिक अदालतले सजाय सुनाएको हो । अभियोजकहरूले उनले रूसी सशस्त्र बलबारे किएभको सुरक्षा सेवालाई जानकारी दिएको बताए ।
रूसी समाचार निकायहरूले उनलाई उद्धृत गर्दै भनेका छन्, ’ती व्यक्ति राज्यविरूद्धको राजद्रोह गरेको अभियोगमा दोषी ठहरिएका छन्, उनी आतङ्कवादी गतिविधिका साथै विस्फोटक पदार्थको अवैध भण्डारण र ओसारपसारमा सहयोगी थिए। अदालतले उनलाई उच्च सुरक्षा भएको ‘दण्ड कोलोनी’मा सजाय भुक्तान गराउन आदेश दिएको छ ।
तास समाचार एजेन्सीले प्रकाशित एक भिडियामो एफएसबीका अधिकारीहरूले कार रोकेर एक व्यक्तिलाई घिसारेर भुइँमा फ्याँकेका थिए, त्यसपछि उनलाई हत्कडी लगाएर सुरक्षा बलको स्थानीय मुख्यालयमा लगेका थिए ।
भिडियोमा अनुहार धमिलो भएका एक व्यक्तिले आफूलाई सन् २०१६ मा युक्रेनको एसबीयू सेक्युरिटी सर्भिसमा भर्ती गरिएको बताएका छन् ।
पक्राउ परेपछि रूसले एफएसबीले खिचेका स्वीकारोक्तिका भिडिया ेनियमित रुपमा सार्वजनिक गर्ने गरेको छ । मस्कोको युक्रेनविरूद्धको आक्रमण करिब तीन वर्षदेखि जारी छ ।
प्रतिक्रिया