BREAKING:
भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन् अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासनको आग्रह हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस पूर्वराजा शाहद्वारा बझाङ भुकम्पप्रति दुःख व्यक्त कफ्र्यू लागेपछि नेपालगन्जको अवस्था सामान्य बन्दै धादिङको गजुरीमा ट्रकको ठक्करवाट दुई विद्यार्थीको मृत्यु अमेरिकाको इतिहासमै पहिलो पटक बहालवाला सभामुखको पद खोसियाे एशियाली खेलकुद: नेपाल महिला कबड्डीको सेमिफाइनलमा विजयादशमी टिकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

एन्फा अध्यक्ष नेम्वाङविरुद्ध बहुमत सदस्यद्वारा अविश्वासको प्रस्ताव दर्ता

अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग

अखिल नेपाल फुटबल संघ एन्फाको इतिहासमा पहिलो पटक अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा  ४८ सदस्यको हस्ताक्षरसहित अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको हो । एन्फा अध्यक्ष  नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तीको माग सहित अविश्वास दर्ता भएको हो । एन्फा विधानमा ४० प्रतिशत सदस्यले विशेष साधारण सभा बोलाउन लिखित रुपमा माग गरेमा कार्यसमितिले ३० दिनभित्र विशेष साधारण सभा बैठक आहवान गर्नुपर्ने उल्लेख छ । विधानले साधारण सभालाई अध्यक्ष, उपाध्यक्ष, महसाचिव, सदस्य सहितलाई बर्खास्त गर्ने अधिकार दिएको छ ।  अविश्वासको  प्रस्ताव दर्दा हुनासाथ अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई दर्ता पत्र बुझाइएको शेर्पा समूहले जनाएको छ । डिभिजन लिगका क्लबहरुले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरित हुने भन्दै भौतिक उपस्थितीको माग गरेका थिए । उनीहरुले भौतिक उपस्थिती नभए बहिस्कार बहिस्कार गर्ने र अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका थिए । क्लबहरुहको चेतावनीलाई वेवास्ता गर्दै एन्फाले आइतबार स्थगित गरेको साधारणसभा एकतर्फी रूपमा सोमबार बोलाएपछि बाध्य भएर अविश्वासको प्रस्ताव अगाडि बढाउनु परेको शेर्पाले बताएका छन । विधिविधानको धज्जी उडाउँदै अगाडि बढ्न खोजेकाले अविश्वास ल्याउनुपरेको असन्तुष्ट पक्षको भनाइ छ । 

प्रतिक्रिया