जीवी राईसहित १९ जना विरुद्ध आजै मुद्दा दर्ता गरिने, रवि र छवि विरुद्ध के हुन्छ ?

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।

यद्यपि, सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुुद्दा दर्ता लागिएको हो । अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीवीका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने भएको छ ।

सूर्यदर्शनबाट जीबी राइ समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । 

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निश्कर्ष छ ।

प्रतिक्रिया