नेपालगञ्ज विमानस्थलबाट २६ लाख अवैध नगदसहित लेखा अधिकृत पक्राउ
अर्का एक अधिकृत फरार

बाँकेको नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित सरकारी कर्मचारी पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई २६ लाख रुपैयाँसहित बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कार्यालयका दुई कर्मचारी अवैध रकमसहित काठमाडौं जाँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो भने अर्का अधिकृत दीपक पौडेल फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पैसा राखिएको ब्याग विमानमै छाडेर भागेपछि प्रहरीले खानतलासी गर्दा सो ब्यागभित्र स्रोत नखुलेको २६ लाख रुपैँया बरामद् गरिएको छ । दुबै जना अबैध रकम सहित श्री एयरलायन्सको विमानवाट काठमाडौं आउन लागेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर
टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

प्रतिक्रिया