भारतमा ट्रकले ठक्कर दिँदा ५ जनाको मृत्यु, ३५ घाइते

एजेन्सी । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहान रसायन बोकेको ट्रक अन्य सवारीसाधन सँग ठोक्किँदा ५ जनाको मृत्यु हुनुको साथै ३५ जना घाइते भएका छन् ।

जयपुर–अजमेर राजमार्गको भाङ्क्रोटा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटना स्थल वरपर केही पेट्रोल पम्पहरू थिए । घाइते मध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

एस.एम.एस. मेडिकल कलेजका प्रिन्सिपल दीपक महेश्वरीले भने, “लगभग २४–२५ जनालाई आई.सी.यू.मा भर्ना गरिएको छ । घटनामा धेरै घाइते भएका छन् । यो एक गम्भीर दुर्घटना हो ।”

आगलागी बाट ट्रक र निजी कार सहित करिब ४० सवारी साधन जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको भरतीय प्रहरीले जनाएको छ । 

राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताएका छन् । 
रासस 

प्रतिक्रिया