महामारीमो रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणउन्मुख

संक्रमितमध्ये चौध लाख पशु चौपाया निको भएको तथ्यांक

नियन्त्रणउन्मुख देखिदै लम्पी स्किन रोग नियन्त्रणउन्मुख देखिएको छ । पशुसेवा विभागका अनुसार मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्णरूपमा नियन्त्रणमा आएको छ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरूमा पनि सङ्क्रमण घट्दो क्रममा देखिएको छ । रोग लागेका १५  लाख १९ हजार ७ सय ७९ पशु चौपायामध्ये झण्डै १४ लाख निको भइसकेका विभागको तथ्यांक छ । अहिले सङ्क्रमित पशुको सङ्ख्या ७३ हजार ६ सय ३६ रहेको छ । लम्पी स्किन विरुद्धको खोप अभियानलाई तीव्र पारिएकाले रोग रोकथाम हुन थालेको दाबी सरकारको छ । अहिलेसम्म १३ लाख ६९ हजार मात्रा खोप सबै प्रदेशमा वितरण भएको छ । झण्डै १० लाख गाईभैँसीलाई यो रोग विरुद्धको खोप पाइसकेका छन । लम्पी स्किनका कारण अहिलेसम्म ५२ हजार ५ सय ४८ वटा पशु मरेका छन् । कृषि मन्त्रालयले लम्पी स्किन रोगका कारण पीडित भएका किसानलाई राहत दिने बताए पनि हालसम्म निर्णय भएको छैन । 
 

प्रतिक्रिया