इजरायलले प्यालेस्टिनी नागरिकलाई पर्याप्त पानी नदिएर नरसंहार गरेको आरोप

एजेन्सी । इजरायलले गाजाका प्यालेस्टिनी नागरिकलाई पर्याप्त पानीको पहुँच नदिएर नरसंहार गरेको आरोप लागेको छ । 

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले २०२३ को अक्टोबर यता इजरायली अधिकारीहरूले गाजापट्टीमा बाँच्नका लागि आवश्यक पर्याप्त पानी सम्मको पहुँच जानाजान अवरुद्ध गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार १ सय ७९ पृष्ठ लामो प्रतिवेदनमा इजरायली सेनाले जानाजान पानी र सरसफाइका भौतिक संरचना ध्वस्त पारेको आरोप लगाइएको छ । प्रतिवेदनमा पर्याप्त पानीको अभावमा सम्भवतः हजारौं मानिसले ज्यान गुमाएको र यो कार्य कानूनी रूपमा नरसंहार र मानवीय उन्मुलन सरह भएको उल्लेख छ । 

एच.आर.डब्ल्यू.को उक्त प्रतिवेदन, खानेपानी अधिकारी, सरसफाइ विज्ञ, स्वास्थ्य सेवा प्रदायक लगायत भूउपग्रह बाट खिचिएका तस्वीर र अक्टोबर २०२३ देखि सेप्टेम्बर २४ सम्मका तथ्यांकमा आधारित छ । इजरायलले भने मिथ्या प्रचार भन्दै प्रतिवेदन अस्वीकृत गरेको छ । 

इजरायली विदेश मन्त्रालयका प्रवक्ताले आरोप भन्दा सत्य पूर्णतया भिन्न रहेको बताएको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया