अदालतमा रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो
एक साताभित्र नाम सिफारिस गर्ने न्याय परिषदको तयारी

अदालतहरुमा ठूलो संख्यामा रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङले नियुक्तिका लागि प्रक्रिया थालेका हुन । यही साताभित्र नाम सिफारिस गर्ने गरी तयारी भैरहेको बताइएको छ । पहिले सर्वोच्चका न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने र त्यसपछि उच्च अदालतको टुंग्याउने न्याय परिषदको तयारी रहेको छ । २१ जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा हाल १४ जना न्यायाधीश छन् । न्यायपरिषदले १० भदौमा विनोद शर्मालाई सर्वोच्चको न्यायाधीश सिफारिस गरे पनि अब ६ जना सिफारिस गर्नुपर्नेछ । मध्ये ३ जना कानुन व्यवसायीबाट र ३ जना उच्च अदालतका न्यायाधीशबाट सिफारिस गर्ने सम्भावना रहेको छ । उच्च अदालतका ७ मध्ये ६ जना मुख्यन्यायाधीश पद रिक्त छ । उच्च अदालत दिपालयमा मात्रै मुख्यन्यायाधीश बहाल छन् भने बाँकी ६ उच्च अदालतमा कामू मुख्यन्यायाधीशले काम चलाइरहेका छन् । १ सय ६० जनाको दरबन्दी रहेको उच्च अदालतमा आइतबारसम्म ५६ पद रिक्त छ । न्यायपरिषद ऐन, २०७३ मा सर्वोच्च अदालतमा रिक्त हुनुभन्दा एक महिनाअघि नयाँ न्यायाधीश सिफारिस हुनुपर्ने व्यवस्था छ ।

भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर
टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

प्रतिक्रिया