मोरक्कोमा भुकम्पपछिको भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ

पीडितहरु खुला आकाशमुनि रात विताउन बाध्य

भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर उद्धारका लागि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको उद्धारकर्मीले बताएका छन् । ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेका अनुमान छ । तर, भूकम्प अति प्रभावित ठाउँमा उद्धारकर्मीसँगै राहतका सामग्री पठाउन कठिनाइ भइरहेको छ । भूकम्पका कारण ग्रामीण क्षेत्र जाने कतिपय सडक भत्किएका छन् । यसले प्रभावित क्षेत्रसम्म पुग्न कठिन भएको हो । यस्तै, दुर्गम पहाडी इलाकामा पूरै गाउँहरू नै ध्वस्त भएका विवरण सार्वजनिक भएका छन् । भूकम्प पछि धेरै मानिसले खुल्ला आकाशमुनि रात बिताउन बाध्य छन ।  शुक्रवार राति गएको ६ दशमलव ८ म्गाग्निच्यूडको भूकम्पको असर माराकेशसहित अन्य धेरै सहरहरुमा परेको छ । भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार  सयभन्दा धेरै घाइते भएका छन । 

प्रतिक्रिया