युएस ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई
सर्वाधिक २४ ग्रान्डस्लामको कीर्तिमान कायम
यूएस ओपन टेनिस पुरुषतर्फको उपाधि सर्वियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । रुसी खेलाडी ड्यानियल मेदभेदेभलाई ६–३ ७–६ , ६–३ को सेटमा पराजित गर्दै जोकोभिचले सर्वाधिक २४ ग्रान्डस्लाम जितेका हुन । उनले चौथोपटक यूएस ओपन उपाधि जितेका हुन । यसअघि उनले २०१८ मा पनि उपाधि जितेका थिए । जोकोभिचले पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने पहिलो खेलाडीको कीर्तिमान बराबरी गरेका छन । ३६ वर्षीय जोकोभिचले मार्गरेट कोर्टको सर्वाधिक २४ ग्रान्डस्लाम कीर्तिमान बराबरी गरेका हुन । स्पेनका रफायल नाडालले २३ पटक ग्रान्डस्लाम जितेका छन । जोकोभिचले यो बर्ष अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितेका थिए । विम्बल्डनको फाइनलमा भने उनी अल्काराजसँग पराजित भए ।
प्रतिक्रिया