तिंकरको छ्यालेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना
दार्चुलामा भारतसँग सीमा जोडिएको क्षेत्रमा सुरक्षा उपस्थिति जनाएको सशस्त्र प्रहरीले अब चीनसँगको सीमामा पनि सुरक्षा उपस्थिति जनाएको छ । दार्चुलाको व्याँस गाउँपालिका–१ तिंकरको छ्यालेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको हो । बिओपीको सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरीले भारत र चीन सीमामा सुरक्षा उपस्थिति बढाउँदै सीमा सुरक्षा, सीमा अपराध नियन्त्रणजस्ता कार्यलाई प्राथमिकतामा राखेको बताए ।
तिंकरमा स्थापना गरिएको बोर्डर आउट पोष्टको सुरक्षार्थ सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा २० जनाको टोली खटाइएको छ । बीओपी स्थापना कार्यक्रममा स्थानीयहरुले तिंकर नाका सुचारु गर्नका लागि पहल गर्न माग गरे ।
व्यापारिक तथा धार्मिक पर्यटनको हिसावले महत्वपूर्ण रहेको तिंकर नाका विगत ४ वर्षदेखि बन्द रहेको छ ।

भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर
टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

प्रतिक्रिया