नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास शुरु

नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ । संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा चल्नेछ । यो अभ्यासमा नेपालका ३० र अमेरिकाका १२ गरी ४२ जना सैनिक सहभागी रहेका छन । यो हरेक वर्ष हुने नियमित अभ्यास हो । यसअघि ३९औँ अभ्यास भइसकेको सेनाले जनाएको छ । संयुक्त अभ्यास मुख्य गरी विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयमा केन्द्रित हुने बताइएको छ । नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको विशेष फौज गएको बिहीवार काठमाडौँ आएको हो । नेपाली सेनाले अमेरिकाका साथै बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्लादेश, इजरायललगायत देशका सेनासँग संयुक्त तालिम र अभ्यास गर्दै आएको छ । 
 

प्रतिक्रिया