चीन भ्रमणबारे प्रधानमन्त्री दाहालद्धारा पूर्वप्रधानमन्त्रीसहित प्रमुख दलका नेतासँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणबारे परामर्श सुरु गरेका छन् । सो क्रममा आज विहान उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपाल सरकारका परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गरेका हुन् । छलफलमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी ओली लगायत संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरु सहभागी भएका थिए । सो क्रममा दाहालले चीन भ्रमणका एजेन्डाबारे छलफल गरेको र सुझाब मागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आजै परराष्ट्रविज्ञहरुसँग पनि छलफल गर्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहाल आगामी भदौ ३० गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदै छन् । उनले असोज ४ गते महासभालाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री दाहाल त्यतैबाट चीन भ्रमणमा जाने कार्यतालिका रहेको छ । 

प्रतिक्रिया