एभिन्यूजले सातै प्रदेशमा देशको वर्तमान अर्थतन्त्रको बारे टेलिभिजन बहस गर्दै

काठमाडौं । एभिन्यूज खबर टेलिभिजनले देशको बर्तमान अर्थतन्त्रको अवस्था बारे सातै प्रदेशमा बहस र अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । 

कार्यक्रम यही पौष ५ गतेदेखि १८ गतेसम्म संचालन हुनेछ । पौष ५ गते पहिलो कार्यक्रम सुदूरपश्चिम प्रदेशको  धनगढीस्थित होटल फ्लोरामा दिउँसो १ बजेबाट शुरु  हुनेछ । 

“अर्थतन्त्र  तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने विषय एभिन्यूजले एजेण्डाको रुपमा सातै प्रदेशमा उठाउन लागेको हो ।एभिन्यूजले  नेपाली अर्थतन्त्रमा परेको दबाव,प्रभाव र त्यसको समाधानबारे सरकारी,सार्वजनिक र नीजि क्षेत्रबीच बृहत रुपमा अन्तरक्रिया गर्न लागेको हो । धनगढीमा हुने अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कमार जोशी,अर्थबिद अनलराज भट्टराई,कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष   पुष्पराज कुँवरको लगायतको सहभागित रहनेछ भने अन्तरक्रियामा सहजकर्ताको रुपमा एभिन्यूज खबर टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकार रहनेछन् ।

कार्यक्रममा नीजि,सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको सहभागिता रहने एभिन्यूजले जनाएको छ । यसैगरी कर्णाली प्रदेशमा पौष ७ गते,  लुम्बिनी प्रदेशको भैरहवामा पौष ९ गते,बागमती प्रदेशको चितवनमा पौष ११ गते,मधेश प्रदेशको बीरगंजमा  पौष १३ गते,कोशी प्रदेशको बिराटनगरमा पौष १५ गते र गण्डकी प्रदेशको पोखरामा पौष १८ गते  कार्यक्रम हुनेछ ।सो बहस कार्यक्रम एभिन्यूज खबर टेलिभिजन, एभिन्यूज खबरको यूट्युव र फेसबुकमा प्रत्यक्ष रुपमा प्ररारण हुनेछ । 
 

प्रतिक्रिया